पशुपति सामुदायिक वनद्वारा छाडा चौपाया नियन्त्रण

IMG-20241017-WA0012

मोरंग (शनिश्चरे): मोरङ पथरीशनिश्चरे-१० स्थित पशुपति सामुदायिक वन समूहले छाडा छोडिएका ७ वटा गाई नियन्त्रणमा लिएको छ। वन समूहले फलफुल जन्य विरुवा रोपेको क्षेत्रमा आइ हानी नोक्सानी पुर्याएको भन्दै चौपाया नियन्त्रणमा लिएको जनाएको छ।
बाच्छासहितका गाईहरु अक्टूबर १० देखि फलफुलजन्य विरुवा रोपण गरिएको क्षेत्रमा देखा परेका थिए। पटक पटक लखेट्दा पनि कतै नगई फलफुलका विरुवा हानी नोक्सानी पुर्यापछि समूहकोले चौपाया नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिएका गाईहरुमा ३ वटा माउ र ४ वटा बाच्छी रहेका छन्। जसमा ३ वटा सेतो रंग, ३ वटा कालो र एउटा खैरो रंगका रहेका छन्।
समूहका अध्यक्ष पुष्पराज शाहीद्वारा जारी सूचना अनुसार समूहले चौपाया नियन्त्रणमा लिइ कार्यालय परिसरमा सुरक्षित साथ राखिएकोले सम्बन्धीत पशुधनीले २४ घण्टाभित्र सम्पर्क गर्न भनिएको छ। तोकिएको समयसीमाभित्र दावी गर्न नआएमा वन ऐन र वन समूहको कार्ययोजना अनुसार कारवाही अगाडि बढाउने जनाइएको छ।
चौपाया नियन्त्रणमा लिएको चारदिन वित्दा पनि कोही पशुधनी सम्पर्कमा नआएकोले सव–डिभिजन वन कार्यालय पथरी र प्रहरीलाई जानकारी गराइएको समूहका उपाध्यक्ष बालकुमार ठाडा मगरले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement