डेंगीबाट सतर्कता अपनाऔं

IMG-20241017-WA0104

काठमांडू: सन् २०२४ जनवरीयता काठमांडू जिल्लामा सबैभन्दा धेरै डेंगी संक्रमित भएका छन्। जनवरीयता १५ अक्टोबरसम्म काठमांडूमा तीनहजार १०३ जनामा डेंगी पुष्टि भएको छ।
जसमध्ये एक हजार ३६ संक्रमित अक्टोबरका १५ दिनमा थपिएका हुन्। दसैं बिदाका पाँचदिनमा मात्रै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा २२६ जना डेंगी संक्रमितको उपचार गरिएकोे तथ्यांक छ।
पछिल्ला दिनहरुमा टेकु अस्पतालको आकस्मिक कक्षमा आइपुग्नेमध्ये करिब ६० प्रतिशत बिरामीमा डेंगी पुष्टि भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement