कक्षा दश अनुत्तीर्ण बिद्यार्थीले प्रि-डिप्लोमा कोर्स पढन पाइने

IMG-20241017-WA0109

काठमांडू: कक्षा १० अनुत्तीर्ण भएका विद्यार्थीहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत प्रि–डिप्लोमा कोर्स पढ्न पाउने भएको छ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) अथवा एसएलसी परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएका विद्यार्थीले प्रि–डिप्लोमा कोर्स पढ्न पाउने भएका हुन्।
अक्टूबर १६मा बसेको परिषद्को बैठकले प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०२४संशोधन गरेको थियो। निर्देशिकाको दफा ३(२) मा संशोधन गर्दै प्रि–डिप्लोमा तहको प्रवेश परीक्षामा समावेश हुनको लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको परीक्षा तथा एसईई परीक्षामा सहभागी भएको हुनुपर्ने व्यवस्था गरेको थियो।
सो आधारमा अबदेखि प्रि-डिप्लोमा पढ्नका लागि एसईईको परीक्षामा सहभागी भएर फेल भएका (एनजी आएको) भए हुने भएको हो।
सीटीईभीटीका सूचना अधिकारी तथा उप परीक्षा नियन्त्रक गोविन्द कुमार श्रेष्ठले एसईई वा सो सरहको परीक्षामा सहभागी भएकाले पाउने व्यवस्था गरिएको बताए।
यसअघिसम्म कक्षा १० को परीक्षा पास गरेकाले मात्रै प्रि-डिप्लोमाका कोर्सहरू पढ्न पाउने व्यवस्था गरिएको थियो।
एसईईमा एनजी आएका विद्यार्थीहरूलाई प्रि-डिप्लोमा कोर्स अध्ययनका लागि आह्वान समेत गरेको छ।
एसईई पास गरिसकेका विद्यार्थीहरूको त्यस्ता कोषहरूमा रुचि नदेखिएको तथा एनजी आएका विद्यार्थीहरू पढ्न नपाउने अवस्था आएपछि सीटीईभीटीले उक्त व्यवस्था गरेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement