कोविड़ बङ्गाल: आज कोरोनाको २५२ नयाँ मामिला, ३९४ जना भए कोरोनामुक्त, २ जनाकाे मृत्यु

IMG_20211223_141043-1-1.jpg

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ २५२ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले २ जनाको मृत्यु पनि भएकाे छ। यसरी नै यस अवधिमा ३९४ जना कोरोनामुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा ९,३२५ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,२३५,९३३ जनाको परीक्षण भएको छ।

हालसम्म बङ्गालमा २१,०५,७८७ जना कोरोनाले संक्रामित भएको छन् भने २०,८१,१०० जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,४५१ जनाले जान गुमाएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.८३℅ र सकारात्मक दर २.७०℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,६२३,४९९ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement