लण्डन: पेरिस सेण्ट जर्मेन (पीएसजी), चेल्सी र बायर्न म्यूनिख जस्ता क्लबहरूका प्रशिक्षक रहिसकेका जर्मनीकी थोमस ट्यूशेललाई ईंग्ल्याण्डले आफ्नो सीनियर पुरुष टीमको मुख्य प्रशिक्षक नियुक्त गऱ्यो। ट्यूशेलले यूरोपियन च्याम्पियनशीपको फाइनलमा हार्ने ईंग्ल्याण्ड टीमका प्रशिक्षक ग्यारेथ साउथगेटको स्थान लिनेछन्, जसलाई ईंग्ल्याण्डको सबैभन्दा सफल प्रशिक्षकहरूमा एकजना मानिन्छ। साउथगेटको मार्गदर्शनमा टीमले लगातार दुईपल्ट यूरोपियन च्याम्पियनशीप फाइनल अनि एकपल्ट वर्ल्ड कपको सेमिफाइनलमा स्थान बनाएको थियो। यूरो २०२४-को फाइनलमा स्पेनविरुद्ध हारपछि साउथगेटले ८ सालको कार्यकालपछि पद छोड़ेका थिए। ट्यूशेल अब गोरोन एरिक्सन र फेबियो कापेलोपछि ईंग्ल्याण्ड राष्ट्रिय टीमका तेस्रो विदेशी प्रशिक्षक हुनेछन्। ट्यूशेललाई अमेरिकामा २०२६-मा हुने फिफा वर्ल्ड कपसम्मको निम्ति मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको छ। जिम्मेवारी पाएपछि ट्यूशेलले भने, यो एउटा ठूलो जिम्मेवारी हो। मेरो कोशिश ईंग्ल्याण्डका खेलाड़ीहरूका जर्सीमा दोस्रो स्टार (दोस्रोपल्ट वर्ल्ड कप विजेता बन्नु) जोड़्ने रहनेछ। ईंग्ल्याण्डले एकमात्र १९६६-मा फिफा वर्ल्ड कप जितेको छ। ट्यूशेलले टीमसँग जनवरी २०२५-देखि काम गर्न शुरु गर्नेछन्।