काठमांडू: बुधबार लोकसेवा आयोगले एक सूचना विज्ञापन खुला गर्दै निजामती सेवाका प्राविधिक तथा अप्राविधिक सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्यसेवा तर्फ पनि सहसचिव तथा उपसचिवसहित सो श्रेणीका कर्मचारीका लागि आवेदन मागेको छ।
यो आयोगको नियमित तालिका अनुसार प्रकाशित सूचना हो। निजामतीतर्फ प्रशासन, परराष्ट्र, लेखा परीक्षण, इन्जिनियरिङ, वन, कृषि, शिक्षा र विधिसेवाका पदमा आवदेन खुलेको हो।











