काठमांडू: नेपाल राष्ट्र बैंकले विदेशी विनिमयदरसँग सम्बन्धित वर्तमान व्यवस्था परिवर्तन गरेको छ। आज एकीकृत परिपत्र जारी गर्दै केन्द्रीय बैंकले एकीकृत परिपत्र-२०२३ मा संशोधन गर्दै विदेशी विनिमय दरमा रहेको वर्तमान व्यवस्था फेरेको हो।
अब ‘कपि डकुमेन्ट’को आधारमा विदेशी मुद्रा सटही जारी भएको ६० दिन भित्र ‘ओरिजिनल डकुमेन्ट’ पेश गरिसक्नुपर्ने छ। अन्यथा सोही आयातकर्ताले कपि डकुमेन्ट देखाएर विदेशी मुद्राको अनुमति लिन नपाउने व्यवस्था गरिएको छ। यसअघि यो ४५ दिनभित्र गर्नुपर्ने व्यवस्था थियो।











