घरेलु दर्शकहरू अघि आफ्नो अन्तिम टेस्ट म्याच खेल्ने मौका पाए शाकिब अल हसनले

IMG-20241017-WA0157

ढाका: अलराउण्डर शाकिब अल हसन घरेलु दर्शकहरू अघि आफ्नो टेस्ट करियरको अन्तिम म्याच खेल्न तयार छन्। उनलाई सोमवारदेखि यहाँ दक्षिण अफ्रिकाविरुद्ध शुरु हुने पहिलो टेस्ट म्याचको निम्ति बंग्लादेशको टीममा सामेल गरिएको छ। भारत यात्राको अवधि कानपुरमा खेलिएको दोस्रो तथा अन्तिम टेस्ट म्याच अघि शाकिबले दक्षिण अफ्रिकाविरुद्ध घरेलु मैदानमा आफ्नो अन्तिम टेस्ट म्याच खेल्ने इच्छा व्यक्त गरेका थिए। यसको निम्ति उनले बंग्लादेश क्रिकेट बोर्ड (बीसीबी)-समक्ष उनको सुरक्षा सुनिश्चित गर्ने शर्त राखेका थिए। शाकिबमाथि एकजना छात्रको हत्यामा सामेल रहेको आरोप लगाइएको छ तर बंग्लादेशका दिग्गज अलराउण्डर त्यस समय कनाडामा एउटा टी२० लीगमा खेलिरहेका थिए। त्यसपछि बीसीबी-का नयाँ अध्यक्ष फारूख अहमदले शाकिबको अनुरोधलाई खारेज गर्दै बोर्ड कुनै सुरक्षा एजेन्सी नभएको अनि उनको सुरक्षाको कुनै ग्यारण्टी दिन नसक्ने बताएका थिए। बंग्लादेशको अन्तरिम सरकारको खेल सल्लाहकार आसिफ महमूदले पनि शाकिबको राजनैतिक दृष्टिकोण स्पष्ट भएपछि मात्र सुरक्षा प्रदान गर्न सकिने बताएका थिए। त्यसपछि शाकिबले बंग्लादेशमा नागरिक अशान्तिको अवधि आफ्नो मौनताको निम्ति माफी मागेका थिए, जसले गर्दा प्रधानमन्त्री शेख हसीनालाई पदबाट हटाइएको थियो। शाकिबले माफी मागेपछि चाहिँ बीसीबी र स्थानीय प्रशासनले उनको इच्छा पूरा गरेको छ। शाकिबले सोशल मीडियामा लेखेका छन्, म चाँड़ै आफ्नो अन्तिम टेस्ट म्याच खेल्नेछु अनि यो कुरा तपाईंहरूलाई थाहा छ। म तपाईंहरू सबैको साथ बिदा लिन चाहन्छु। विदाईको समय म ती मानिसहरूसँग हात मिलाउन चाहन्छु, जसको तालीले मलाई सदा असल प्रदर्शन गर्नको निम्ति प्रेरित गऱ्यो। दक्षिण अफ्रिकाविरुद्ध २ वटा टेस्ट म्याचको सीरीजपछि बंग्लादेशको टीम ३ वटा म्याचको वनडे सीरीज खेल्न यूएई जानेछ। शाकिब वनडे टीमका हिस्सा हुन्।
दक्षिण अफ्रिकाविरुद्ध पहिलो टेस्टको निम्ति बंग्लादेशको टीमः
नजमुल हुसैन शान्तो (कप्तान), शादमान इस्लाम, महमुदुल हसन जोय, जाकिर हसन, मोमिनुल हक, मुश्फिकुर रहीम, शाकिब अल हसन, लिटन दास (विकेटकीपर), जाकेर अली, मेहदी हसन मिराज, ताइजुल इस्लाम, नईम हसन, तस्किन अहमद, हसन महमूद, नाहिद राणा

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement