नयाँ दिल्ली: संयुक्त अरब अमीरात (यूएई)-मा महिला टी२० वर्ल्ड कप अघि खेलाड़ीहरूका फिटनेस र फील्डिंगको स्तर बढ़ाउन टीम म्यानेजमेण्टले जोड़तोड़को तयारी गरेको थियो तर पनि आशानुरुप परिणाम अघि आएन। महिला टी२० वर्ल्ड कपमा भारत ग्रुप चरणमै बाहिर भयो। भारतीय खेलाड़ीहरूले ४ वटा म्याचमा ९ वटा क्याच छोड़िन्। यसबाहेक मैदानमा मिसफील्डको उदाहरण पनि देख्न पाइयो। विशेषगरी रिचा घोषले विकेटकीपरको भूमिकामा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न सकिनन् अनि बाईको रूपमा धेरै रन खर्च गरिन्। वर्ल्ड कपमा एकाधिकपल्ट फिटनेस र फील्डिंगको उतार-चड़ाउले भरिएको स्तरलाई देखेर भारतकी पूर्व कप्तान अञ्जुम चोपड़ाले निराशा व्यक्त गरेकी छन्। उनले भनिन्, फील्डिंग र फिटनेसको स्तरमाथि काम शुरु भएको म गत ३५ सालदेखि सुनिरहेकी छु। तपाईंले यसमा अहिलेसम्म सुधार गर्नु भएको छैन भने कसलाई प्रश्न गर्नु पर्नेछ भन्ने मलाई थाहा छैन।
अञ्जुमले भनिन्, हामीलाई सीमित सुविधाहरू प्राप्त भइरहेको छ। हामीले फिटनेस अनि फील्डिंगमा सुधार गरिरहेका छौं भन्ने कुराहरू लामो समयदेखि सुन्दै आएकी छु। त्यसपछि हामीले वर्ल्ड कपको ठीक अघि फिटनेस र फील्डिंगलाई लिएर एउटा विशेष क्याम्पको आयोजन गरिएको पनि सुन्यौ। के तपाईं एकजना विशिष्ट खेलाड़ी बनेपछि फील्डिंग र फिटनेसमाथि ध्यान दिनु हुन्न? के तपाईंले फिटनेस टेस्ट पास गर्नु पर्दैन? यो सब सोच्न पर्ने कुरा हो। उनले अझ भनिन्, खेलमा अघि बढ़्दै गएपछि तपाईंले फिटनेसको महत्त्वबारे जान्नु हुन्छ अनि समयको साथ त्यसमा सुधार आउँदै जान्छ। वास्तवमा यही सटीक बाटो हो। २० वर्षको उमेरमा फिट भए पनि ३० पुग्दासम्म फिटनेसको स्तरलाई झार्नु हुँदैन। यो एउटा सचेत प्रगति हो अनि यो कुरा मलाई थाहा छ। तपाईंले आफ्नो हरेक क्षेत्रमा प्रत्येक दिन सुधार गर्नु पर्छ। यस्तो गर्न नसके परिणाम कस्तो हुन्छ भन्ने हामीले यस साल वर्ल्ड कपमा देख्यौं।