एलिस्टेयर कुक र डीभिलियर्सको साथमा नीतूलाई आईसीसी हल अव् फेम-मा स्थान

IMG-20241016-WA0299

दुबई: भारतकी पूर्व स्पिनर नीतू डेविड बुधवार आईसीसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद) हल अव् फेम-मा सामेल हुने देशकी दोस्रो महिला क्रिकेटर बनिन्। यसबाहेक दक्षिण अफ्रकिाका दिग्गज ब्याटर एबी डीभिलियर्स र ईंग्ल्याण्डका पूर्व कप्तान एलिस्टेयर कुकलाई पनि हल अव् फेम-मा स्थान दिइएको छ। भारतीय महिला टीमको चयन समितिकी वर्तमान अध्यक्ष नीतूभन्दा एकसाल अघि कप्तान डाइना इडुल्जीलाई आईसीसी हल अव् फेम-मा सामेल गरिएको थियो। देब्रे हातकी स्पिनर नीतूले भारतको निम्ति १०० भन्दा अधिक अन्तर्राष्ट्रिय म्याच (१० वटा टेस्ट र ९७ वटा वनडे) खेलिन्। एकदिने अन्तर्राष्ट्रिय क्रिकेटमा ४७ वर्षीय नीतू १४१ विकेटको साथ भारतकी दोस्रो सबैभन्दा सफल बलर हुन्। यसरी उनी ५० ओभरको प्रारूपमा १०० विकेटको आँकड़ालाई छुने देशकी पहिलो महिला बलर रहेकी थिइन्। नीतूले भनेकी छन्, आईसीसी हल अव् फेम-मा सामेल हुनु ठूलो सम्मानको कुरा हो। यसलाई म राष्ट्रिय टीमको निम्ति खेल्ने कुनै पनि खेलाड़ीको निम्ति सर्वोच्च मान्यता मान्छु। नीतूले १९९५-मा १७ सालको उमेरमा न्यूजील्याण्डविरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय म्याच खेलेकी थिइन्। उनले १९९५-मै जमशेदपुरमा ईंग्ल्याण्डविरुद्ध भारतको २ रनले नजिकको हारको अवधि ५३ रन खर्च गरी ८ विकेट हासिल गरेकी थिइन्, जुन अहिले पनि महिला टेस्ट क्रिकेटको एउटा ईनिंग्समा सर्वश्रेष्ठ व्यक्तिगत प्रदर्शन हो। नीतूले १० वटा टेस्ट म्याचमा ४१ विकेट पनि हासिल गरिन्। उनले २००६-मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएकी थिइन् तर दुई सालपछि उनले फसेला ब‌द्लिएर एकदिने प्रारूपमा एशिया कप र भारतको ईंग्ल्याण्ड यात्रामा खेलेकी थिइन्। यसबाहेक एलिस्टेयर कुकले २५० भन्दा अधिक अन्तर्राष्ट्रिय म्याचमा ईंग्ल्याण्डको प्रतिनिधित्व गरेका थिए। उनले २०१८-मा राष्ट्रिय टोलीबाट सर्वाधिक टेस्ट रन र शतक बनाउने खेलाड़ीको रूपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएका थिए। यसबाहेक डीभिलियर्सले १४ सालको अन्तर्राष्ट्रिय करियरमा तीनैवटा प्रारूपमा मिलाएर २० हजारभन्दा अधिक रन बनाए। मैदानको चारै दिशामा शट् खेल्ने हुनाले उनलाई मिस्टर ३६०-को नामले पनि चिनिन्छ। अब नीतू, कुक र डीभिलियर्सलाई यस हप्ता महिला टी२० वर्ल्ड कपको फाइनलको अवधि दुबईमा हुने विशेष कार्यक्रममा सम्मानित गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement