२५ अगस्तः अमेरिकाकी कोको गफ, स्पेनका दिग्गज खेलाड़ी रफायल नडाल र इगा स्वियातेक सहित धेरैजना दिग्गज खेलाड़ीहरूले यूएस ओपन टेनिस टुर्नामेण्ट अघि युक्रेनमा लगभग १० लाख डलरको मानवीय सहायताको निम्ति प्रदर्शनी म्याचमा हिस्सा लिए। नडालले स्वियातेकसँग जोड़ी बनाएर कोको गफ र महान खेलाड़ी जन म्याकनरो विरुद्ध मिश्रित युगल म्याच खेले। यूएस ओपनको आयोजक अमेरिकी टेनिस संघले बताएअनुसार, टेनिस प्लेस फर पीस एक्जीबिशन म्याचको टिकटको बिक्रीबाट हुने शत प्रतिशत आय एउटा अन्तर्राष्ट्रिय गैर सरकारी संगठनलाई दिइनेछ। यस म्याचमा युक्रेनकी डायना यास्त्रेमस्का र क्याटरीना ज्वात्स्का, २०२१ यूएस ओपन उपविजेता लैला फर्नाण्डिस, कार्लोस अल्कारेज, मारिया सक्कारी, स्टेफानोस सितसिपास र जेसिका पेगुलाले पनि हिस्सा लिए। युक्रेनको स्वतन्त्रता दिवसको उपलक्ष्यमा ज्वात्स्काले भनिन्, मेरो देशलाई यति धेर मानिसहरूले सहायता गरिरहेका छन्। यो धेरै महत्त्वपूर्ण कुरा हो। आउँदो साल स्वतन्त्रताको खुशीयाली मनाउने आशा छ। यसअघि दुईपल्टकी ग्राण्ड स्ल्याम च्याम्पियन बेलारुसकी भिक्टोरिया अजारेंकालाई यस म्याचबाट बाहिर गरियो। बेलारुसले युक्रेनमाथि हमलामा रुसलाई साथ दिएको छ।