गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ चण्डीगढ भ्रमणमा रहेका छन्। मुख्यमन्त्रीलाई आज चण्डीगढको शहीद भगतसिंह अन्तरराष्ट्रिय हवाई अड्डामा अधिकारीहरू र स्थानीय मानिसहरूले स्वागत जनाए।
उक्त जानकारी मुख्यमन्त्री तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजमा दिएका छन्। मुख्यमन्त्रीले उनको भव्य स्वागतप्रति आभार व्यक्त गरेका छन्।