पाकिम: भारत सरकारको ग्रामीण विभाग मन्त्रालयको निरीक्षण टोलीको पाकिम जिल्ला अधिकारीहरुसँग उच्च स्तरीय बैठक बस्यो। सो अवसरमा जिल्ला अधिकारीहरुले विभिन्न केन्द्रीय परियोजनाहरुको कार्यान्वयनबारे जानकारी गराएका थिए। बैठकको उद्देश्य ग्रामीण विकास मन्त्रालय र पञ्चायती राज मन्त्रालयअन्तर्गतका ग्रामीण विकास कार्यक्रमहरूको कार्यान्वयनको समीक्षा गर्नु रहेको थियो। बैठकको अध्यक्षता अतिरिक्त जिल्लापाल सांगे ग्याछो भोटियाले गरेका थिए। जसमा जिल्ला प्रशासनका उच्च अधिकारीहरुको समीक्षा टोलीको उच्च अधिकारीहरुको सहभागिता थियो। बैठकमा जिल्ला अधिकारीहरुले विभिन्न योजनाको प्रगतिका बारेमा जानकारी दिए। साथै ग्रामीण क्षेत्रको विकासका लागि कृषियोग्य जमीनको वृद्धि, श्रमिक दैनिक ज्याला परिमार्जन, योजना कार्यान्वयन लगायतका विभिन्न विषयमाथि छलफल गरिएको थियो। मुख्यगरि वर्ष २०२४-२५ को लागि प्रधानमन्त्री आवास योजना कार्यान्वयनबारे छलफल गरिएको थियो। प्रधानमन्त्री ग्रामीण सडक योजनाअन्तर्गतका सडक मरम्मति लागि धनराशि विनियोजनको बारेमा पनि छलफल गरेको छ। अर्कोतिर मौसमी बाली खेती गर्नेबारे छलफल गर्दै कृषकहरुलाई विभागको सहयोगमा आर्थिक विकासतिर उन्मुख कार्यमा संलग्न बन्ने आह्वान पनि गरिएको थियो। यसबाहेक, टोलीका अधिकारीहरूले आफ्नो निरीक्षण भ्रमणको आधारमा रिपोर्ट साझा गरे र जिल्लामा प्रभावकारी रूपमा योजनाहरू सञ्चालन गर्ने सल्लाह दिए। जिल्लाले गरिरहेको विभिन्न कार्ययोजनाको सफलतामाथि पनि समीक्षा गरेको थियो।