गान्तोक: सिक्किम सरकारका उद्योग, वाणिज्य तथा पर्यटन एवं नागरिक उड्डयन विभागीय मन्त्री छिरिङ टी भोटिया दिल्लीमा आयोजित विश्व दुरसञ्चारद्वारा आयोजित भारतीय मोबाइल काङ्ग्रेसमा सहभागी भए। उक्त कार्यक्रमको अध्यक्षता प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। उद्घाटन कार्यक्रममा विश्वव्यापी दुरसञ्चार मापदण्डमाथि लक्षित रहेको थियो। यसअन्तर्गत विश्वव्यापी मञ्चमा मोबाइल टेक्नोलजी नवाचारलाई आकार दिन भारतको महत्त्वपूर्ण भूमिकालाई प्रमुखता दिएको थियो। भारतीय मोबाइल काङ्ग्रेसले मोबाइल कनेक्टिभिटी र दुरसञ्चारको भविष्यबारे छलफल गर्न विभिन्न राज्यका उद्योग विभागीय मन्त्री र उद्योग जगतका विशेषज्ञहरुलाई निमन्त्रणा गरेको थियो। मन्त्री छिरिङ टी भोटियाको उपस्थितिले राज्यको आर्थिक वृद्धि र डिजिटल विकासका लागि महत्वपूर्ण क्षेत्रहरू, टेलिकम्युनिकेसन र टेक्नोलजीमा राष्ट्रिय र विश्वव्यापी विकासमा लाभ पुग्ने आशा गरिएको छ।