राज्यपालसँग उद्यमी महिलाहरूको शिष्टाचार भेट

IMG-20241016-WA0296

गान्तोक: अध्यक्ष आशा थिङ लामा र महासचिव प्रिमूला भण्डारीको अगुवाइमा सिक्किम वुमन एन्ट्रीप्रिनियर फोरम सोसाइटीका सदस्यहरूले आज राजभवनमा राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गरे। भेटवार्ताको क्रममा अध्यक्ष श्रीमती लामाले फोरमले राज्यमा महिला उद्यमीहरूको आर्थिक विकास र उत्थानको दिशामा गर्दै आएका गतिविधिहरूबारे जानकारी गराइन्। उनले बताएअनुसार फोरमले दुवै शहरी अनि ग्रामीण क्षेत्रमा महिलाहरूलाई उद्यमशीलताप्रति आकर्षित गर्न पहल गर्दै आएको छ।
राज्यपाल ओम प्रकाश माथुरले सिक्किम वुमन एन्ट्रीप्रिनियर फोरम सोसाइटीको कामको मुग्धकण्ठले प्रशंसा गर्दै सोसाइटीको यस पहलले महिलाहरूको मात्र नभएर समग्रमा राज्यको नै आर्थिक उन्नती हुने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement