मुख्यमन्त्रीका सल्लाहकारहरूको बैठक

IMG-20241016-WA0295

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङका नवनियुक्त सल्लाहकारहरूको एउटा बैठक आज पूर्व मन्त्री तथा मुख्यमन्त्रीका सल्लाहकार कुङ्गा निमा लेप्चाको ताथङचेनस्थित आवासमा बस्यो। बैठकमा मुख्यमन्त्रीका अन्य सल्लाहकारहरू विष्णु कुमार खतिवड़ा (पूर्व मन्त्री), टीएन ढकाल, फुचुङ भोटिया (पूर्व मन्त्री), एमपी सुब्बा, एसजी काल्योन, रोहित गुरुङ, फुचुङ भोटिया र सीपी शर्माको उपस्थिति रहेको थियो।
बैठक अवधि सबै सल्लाहकारले आफूहरूमाथि विश्वास गरेर सल्लाहकार नियुक्त गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गरे। यसकासाथै मुख्यमन्त्रीको परिकल्पना सुनौलो, समृद्ध र समर्थ सिक्किम निर्माणलाई साकार बनाउन सबै सल्लाहकारले आ-आफ्नो तहबाट सहयोग र योगदान दिने निर्णय पनि लिइयो। नवनियुक्त सल्लाहकारहरूबाट वरिष्ठ नेता कुङ्गा निमा लेप्चालाई आजको बैठकले सर्वसम्मतीमा प्रमुखको रुपमा चयन पनि गरेको छ।
आजको बैठकले विभिन्न विषयहरूमा चर्चा र छलफल गर्न प्रत्येक महिना सल्लाहकारहरूको एउटा समन्वय बैठक बस्ने पनि निर्णय लिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement