जलपाईगढीको लक्ष्मी नारायण मन्दिरमा लक्ष्मी पूजामा उर्लियो भक्तजनको भीड

IMG-20241016-WA0275

 जलपाईगढी: जलपाईगढीको लक्ष्मी नारायण मन्दिरमा लक्ष्मी पूजामा भक्तजनको भीड लागेको छ। लक्ष्मी धन र भाग्यकी देवी हुन्। धनको कामनाका लागि लक्ष्मी पूजाका अलावा जलपाईगढी मन्दिर सडकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पनि लक्ष्मी पूजाको आयोजना गरियो। हरेक पटक झै यस पटक पनि यस मन्दिरमा लक्ष्मी नारायण पूजा भव्य अनुशासनका साथ गरियो। मन्दिरका पुजारी गोपाल चक्रवर्तीले प्रत्येक पूर्णिमाका दिन मातालाई भेटी दिने गरेको बताए। आज कोजागरी लक्ष्मी पुजा हो। मन्दिरमा लक्ष्मी नारायणको पूजाआराधना गरिँदैछ। यसबाहेक अन्य तिथी अनुसार पनि विभिन्न देवी-देवताको पूजा गरिन्छ। पूजापछि भक्तजनलाई प्रसाद वितरण गरिएको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement