सिक्किम क्रिकेट संघका प्रतिनिधिहरूले राज्यपालसॅंग भेट गरे

IMG-20241016-WA0284

गान्तोक: उपाध्यक्ष दिनेश खातोरको अध्यक्षतमा सिक्किम क्रिकेट एसोसिएशन (सिका) को एउटा प्रतिनिधि टोलीले आज राज्यपाल ओम प्रकाश माथुरसँग राजभवनमा शिष्टाचार भेट गऱ्यो। यस अवधि एसोसिएशनको पक्षबाट आगामी १८ सेप्टेम्बरदेखि माइनिङको सिक्किम क्रिकेट ग्राउण्डमा आरम्भ हुने सिक्किम र गोवा बीचको चार दिने रञ्जी ट्रफी म्याचको निम्ति राज्यपाललाई मुख्य अतिथिको रुपमा निमन्त्रणा पनि गरियो। एसोसिएशनका सदस्यहरूले हाल राज्यमा क्रिकेट खेलको क्षेत्रमा भइरहेको विकास र खेल प्रति युवाहरूको बड़दो चासो र उत्साह बारे पनि अगत गताए।
राज्यपाल ओम प्रकाश माथुरले राज्यमा क्रिकेट खेलको क्षेत्रमा भइरहेको विकास र यस खेल प्रति युवाहरूको बड़दो चासोलाई लिएर प्रशन्नता व्यक्त गरे। यसको साथै उनले राज्यका युवाहरूलाई क्रिकेटलगायत अन्य खेलहरूमा अधिकभन्दा अधिक रुचीको साथमा सक्रिय सहभागिता जनाउने आग्रह पनि गरे।
राज्यपालले सिक्किम क्रिकेट एसोसिएशनलाई वर्ष २०२४-२५को रञ्जी ट्रफीको सफल आयोजनाको शुभकामना पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement