सांसद इन्द्रहाङ सुब्बाले जनाए अनुमान समितिको बैठकमा सहभागिता

IMG-20241016-WA0282

गान्तोक: सिक्किमका एकमात्र लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीस्थित संसद भवनको एनेक्स बिल्डिङमा आयोजित रेलवे विकासको अनुमान समितिको बैठकमा सहभागिता जनाए। बैठकलाई अनुमान समितिका अध्यक्ष डा. सञ्जय जयसवालले अध्यक्षता गरेका थिए।
बैठकमा आगामी रेल परियोजनाहरू, रेलवेको आधुनिकरण र स्तरोन्नती, यात्रुहरूको सुरक्षामा वृद्धि आदि विषयमा चर्चा गरियो। बैठकमा रेलवे मन्त्रालयका वरिष्ठ अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। सांसद सुब्बाले यस बैठकलाई देशको रेलवे विकासको दिशामा फलदायक बताएका छन्। उनको भनाइअनुसार भारत सरकार रेलवेमा पूर्वाधारको आधुनिकीकरण, यात्रुहरूको सुरक्षा र सुविधामा सुधार गर्न प्रतिवद्ध रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement