संविधान बनेको सात वर्ष वितिसक्दा पनि प्रहरी समायोजन हुन नसकेकोमा मुख्यमन्त्री कार्कीब्दारा दु:ख ब्यक्त

IMG-20241016-WA0268

मोरंग (बिराटनगर): कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान बनेको ७ वर्षपुगिसक्दा समेत प्रदेश सरकारअन्तरगत प्रहरी समायोजन हुननसक्नु दु:खद भएको बताएका छन्। ६९औं प्रहरी दिवसको अवसरमा विराटनगरस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा आज बुधबार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधान अनुसार प्रदेश सरकार अन्तर्गत तत्काल प्रहरी समायोजन गर्नुपर्ने बताए। उनले प्रहरीको संख्या वृद्धि गर्नुभन्दा प्रविधिको प्रयोग गरी प्रहरीको क्षमता र दक्षता अभिवृद्धि गर्न सकिने धारणा राखे। प्रदेश मातहतमा प्रहरी समायोजन भएको दुई वर्षभित्रमा प्रहरीहरूलाई साधन स्रोत सम्पन्न बनाउने उनको भनाइ छ। त्यस्तै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले सरकारको उपस्थिति देखाउने पहिलो युनिट भनेकै प्रहरीहरू भएकाले यसलाई साधन स्रोत सम्पन्न बनाउनुपर्ने धारणा राखे। प्रहरी दिवसको अवसरमा विभिन्न क्षेत्रबाट शान्ति सुरक्षा र कानुन कार्यान्वयनमा सहयोग गर्नेहरूलाई सम्मानित गरिएको थियो। यसै गरी मुख्यमन्त्री कार्कीले १ लाख रुपैयाँ राशीको साधना प्रहरी सम्मान प्रहरी वरिष्ठ नायब निरीक्षक (सिनियर सब इन्स्पेक्टर) गोपाल थापा मगरलाई, २५ हजार राशीको विप्लव थापा स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार प्रहरी सहायक निरीक्षक कुल बहादुर बुढाथोकी र उत्कृष्ट महिला प्रहरी पुरस्कार प्रहरी सहायक हवल्दार सीता कुमारी दुलाललाई प्रदान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement