इजरायलले गरेको हमलामा दक्षिणी लेबनानका मेयरको मृत्यु

Iran-Isreal-attack-representative-photo-copy-2

इजरायलले बुधबार दक्षिणी लेबनानको नबातिय शहरमा आक्रमण गरेको थियो। यो हमला नबातियको नगरपालिका भवनमा भएको थियो। आक्रमणमा शहरका मेयरसहित ६ जनाको मृत्यु भएको छ। इजरायलले यस आक्रमणअघि बेरुत शहरमा पनि आक्रमण गरेको थियो। इजरायलले हिजबुल्लाहको प्रत्येक भूमिगत हतियार गोदामलाई निशाना बनाएको बताएको छ। इजरायली सेनाले हमला गर्नु अघि उसले नागरिकहरूलाई सुरक्षित रूपमा खाली हुन चेतावनी दिएको थियो। संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार इजरायलको सैन्य निकासी आदेशले अहिलेसम्म लेबनानको एक चौथाई भन्दा बढी प्रभावित भएको छ। अमेरिकाले इजरायली हमलामा बढ्दो मृत्यु र युद्ध बढ्दै गएकोमा पनि चिन्ता व्यक्त गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले बेरुतमा इजरायलले गरेको आक्रमणको बारेमा इजरायली सरकारसमक्ष आफ्नो चिन्ता व्यक्त गरेको बताएका छन्। अर्कोतर्फ अमेरिकाले इजरायललाई ३० दिनभित्र गाजामा मानवीय सहायताको अवस्था सुधार्न पनि भनेको छ। त्यसो गर्न असफल भएमा सैन्य सहायता रोक्न चेतावनी दिइएको छ। यसपछि इजरायलले उत्तरी गाजामा राहत सामग्रीका ५० ट्रक पठाएको छ। तर, अमेरिकी चेतावनीमा इजरायलको प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘हामी अमेरिकाको सुझाव सुन्नेछौँ तर देशको हितलाई ध्यानमा राखेर अन्तिम निर्णय गर्नेछौँ। तर, गत हप्ता मात्रै अमेरिकाले इजरायलमा मिसाइल प्रतिरक्षा प्रणाली र सैनिक पठाउने घोषणा गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement