फुब्सेरिंगमा एस.जी. स्मृति फूटबल टुर्नामेण्ट ११ सेप्टेम्बरदेखि

IMG-20220825-WA0098.jpg

२५ अगस्तः फुब्सेरिंग युनाइटेड ब्रदर्सको तत्त्वावधानमा सरु गुरुङ स्मृति नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। फुब्सेरिंग खेल मैदान (लेबोंग, दार्जीलिङ)-मा हुने यस सेभेन ए साइड टुर्नामेण्टको शुरुवात ११ सेप्टेम्बरदेखि हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ७००० रुपियाँ तोकिएको छ। प्रवेश शुल्क जमा गर्ने अन्तिम मिति ३१ अगस्त रहेको छ भनी आयोजक समितिको पक्षमा पासङ तामाङले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement