सिरहा(लहान): सिरहाबाट भारत लैजाँदै गरेको अवैध मदिरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सिरहा नगरपालिका-१५ बुधौराबाट सशस्त्र प्रहरीले अवैध मदिरा नियन्त्रणमा लिएको हो। मोटरसाइकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी ८१ हजार रुपैयाँ बराबरको भन्सार छलीका सोफी नामक मदिरा नियन्त्रणमा लिइएको सिरहाका सशस्त्र प्रहरी प्रमुख शिव गैरेले बताए।
यसैगरी प्रहरीले मदिरा लोड गरिएको तीन थान भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। मोटरसाइकल र मदिरा भन्सार बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक(एसपी) गैरेले जनाए।