काेलकाता: पश्चिम बंगालका छःवटा विधानसभा सीटहरूमा आगामी १३ नोभेम्बरको दिन उपचुनाउ तय भएको छ भने मतगणना २३ नोभेम्बरमा हुनेछ।यी छःवटा विधानसभा सीटहरू क्रमैले सीताई (कोचबिहार जिल्ला), मदारीहाट (अलिपुरद्वार जिल्ला), नैहाटी र हरोआ (उत्तर २४ परगना), मेदिनीपुर (पश्चिम मेदिनीपुर) औ तालडांगरा (बाँकुड़ा)- रहेको छ।यी सीटहरू यसकारणले खाली भएको थियो किनभने यहाँका वर्तमान विधायकहरू यसै वर्ष भएको लोकसभा चुनाउमा सांसद चयन भएका छन्। यीमध्ये मादरीहाट सीट मात्र भाजपासित थियो भने अन्य सबै पाँचैवटा सीट वर्ष २०२१-को विधानसभा चुनआउमा तृणमूल कंग्रेसले जीत दर्ता गरेको थियो।
प्रमुख सीटहरूमा राजनीतिक परिदृश्य-मदारीहाट सीटबाट भाजपाका पूर्व विधायक औ विधानसभामा भाजपाका पूर्व मुख्य सचेतक मनोज टिग्गा अब अलिपुरद्वारबाट सांसद भएका छन् भनेतृणमूलको सीताईबाट पूर्व विधायक जगदीश चन्द्र बर्मा बसुनिया अब कुचबिहारबाट सांसद भएका छन्।नैहाटीका पूर्व विधायक औ राज्यका पूर्व मन्त्री पार्थ भौमिकले अब ब्यारकपुरबाट लोकसभा चुनााउ जितेका छन् भने हरोआका विधायक हाजी नुरुल इस्लामले बसिरहाटबाट जीत दर्ता गरेका थिए। यद्यपि नुरूल इस्लामको पछिल्लो महिना निधन भइसकेको छ। यसरी नै अभिनेत्रीबाट नेता बनेकी जून मलिया जो वर्ष २०२१- मा मेदिनीपुरबाट विधायक चयन भएकी थिइन्, अब मेदिनीपुर लोकसभा सीटबाट सांसद छन्। तालडांगराबाट विधायक रहेका अरूप चक्रवर्ती अब बाँकुड़ाबाट लोकसभा सांसद भएका छन्।यो उपचुनाउलाई तृणमूल कंग्रेस एवं भाजपा दुवैको लागि अत्यन्त महत्वपूर्ण मानिँदैछ। यो चुनाउ यस्तो अवस्थामा भइरहेको छ जतिबेला राज्यमा हालैमा आर.जी. कर मेडिकल कलेज एवं अस्पतालकी एकजना जुनियर महिला डाक्टरसित भएको बलात्कार अनि हत्याको घटनाले सम्पूर्ण बंगालमा आक्रोश उत्पन्न गरिदिएको छ। यस घटनाले राज्यको कानून-व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ जसले गर्दा यो चुनाउ दुवै दलको लागि चुनौतीपूर्ण हुनेछ।










