गुवाहाटी:: गुवाहाटीको जालुकबारी पुलिसले गुवाहाटीका अलग-अलग स्थानहरूबाट हेरोइन सहित तस्करहरूलाई पक्राउ गरेको छ।जसमा महिला तस्कर पनि सामेल छ। पुलिसले आज बताए अनुसार एसओजी डब्ल्यूजीपीडी तथा जालुकबारी पुलिस थानाको एक टीमले संयुक्त रूपमा ड्रग्सको ठेगानाको भण्डाफोर गर्दै तीनजना तस्करहरू क्रमैले बांदीहानाका हाफिजुर रहमान, रौताका इंजाजुल हक औ बाईहाटा चारिआलीका दीपज्योति डेकालाई पक्राउ गऱ्यो।
यी तस्करहरूको कब्जाबाट शिशीहरूमा भरेर राखिएको २१.६५ ग्राम संदिग्ध हेरोइन, एउटा मोबाइल फोन अनि १५५० रुपियाँ नगद जफ्त गरियो। त्यसपछि सोहीटीमले फूलपाही नगरस्थित अलेकजान बेगमको भाड़ाको घरमा छापा माऱ्यो जहाँबाट २१.६५ ग्राम संदिग्ध हेरोइनसहित तीनवटा मोबाइल फोन जफ्त गरियो।