कोचबिहार: आज नगरपालिकाले शरद सम्मान घोषणा गरेको छ। जसमा सुभाषपल्ली युनिट पहिलो, पाटकुरा युनिट र शान्तिकुटी क्लब संयुक्त रूपमा दोस्रो र रकी क्लब तेस्रो भए। नगरनिगमका मेयर रवीन्द्रनाथ घोषले आज उक्त घोषणा गरेका हुन्। नगरपालिकाको करिब १० करोड रुपियाँ बक्यौता रहेको उपदान झण्डै १ करोडमा झारेको पनि उनले बताए। अबको २४ दिनभित्र पूरा रकम बुझाइने उनले बताए। उनले नयाँ ढंगले रकम विनियोजन गरिएको पनि बताए।