राजगञ्ज वेलफेयर फूटबल एसोसिएशनको रमाञ्चक जीत

photocollage_20241016183352139

दार्जीलिङ: राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित बिशाल सेंगदेन स्मृति दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको १५औं संस्करणमा राजगञ्ज वेलफेयर फूटबल एसोसिएशनले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। फेञ्चेटार खेल मैदान (दार्जीलिङ)-मा बुधवार भएको रोमाञ्चक म्याचमा राजगञ्ज वेलफेयर फूटबल एसोसिएशनले मानेभञ्ज्यांग फूटबल क्लबविरुद्ध सडन डेथमा २३-२२-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहँदा पेनल्टी शूटआउट भयो। पेनल्टी शूटआउटमा पनि स्कोर बराबरीमा रहँदा सडन डेथ शुरु भयो, जसमा जम्मा २४-२४ वटा स्पट किकपछि म्याचको परिणाम अघि आयो। नियमित समयको खेलमा राजगञ्जको टीमबाट रोहित भुजेलले २ र शुभंकर रोयले १ गोल गरे। यसरी मानेभञ्ज्यांग फूटबल क्लबबाट सनम राईले २ र प्रेम छिरिंग लेप्चाले १ गोल गरे। रोहित भुजेललाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच ३० र ३१ अक्टोबरमा हुनेछ। यसरी फाइनल ८ नोभेम्बरमा खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबको पक्षमा बिनोद छेत्रीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement