वर्तमान जीटीए सञ्चालन गर्नेहरूले पहाडका पर्यटक केन्द्रहरूको सठीक रूपले संरक्षण र मरमत्तिहरू गर्न नसकेको गोजमुमो अध्यक्ष बिमल गुरुङको आरोप

IMG-20241016-WA0255

खरसाङ: वर्तमान जीटीए सञ्चालन गर्नेहरूले पहाडका पर्यटक केन्द्रहरूको सठीक रूपले संरक्षण र मरमत्तिहरू गर्न नसकेको हुँदा ती पर्यटन क्षेत्रबाट उस्तो राजस्व उठ्न नसकेको गोजमुमो अध्यक्ष बिमल गुरुङले आरोप लगाएका छन्। यसको साथै धेरै आर्थिक नोक्सान खप्नु परेको तथा यहाँ भएका विभिन्न सरकारी निकायहरूलाई सम्हाल्न नसकेको हुँदा हाल ती निकायहरू सबै मधेसतिर जान लागेको अवगत गराउँदै वर्तमान सत्तासिन दलको अचेतनका कारण पहाडले सबै कुरा गुमाइसकेको आरोप गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष एवम् पूर्व जीटीए अध्यक्ष विमल गुरूङले लगाएका छन्। गोजमुमो अध्यक्ष बिमल गुरूङले दागोपाप अनि उनको आफ्नो कार्यकालमा निर्माण गरिएका पहाडका पर्यटकीय स्थलहरूको संरक्षण गर्ने तथा यसलाई पुनः सुन्दरीकरण गर्ने कार्य वर्तमान जीटीए सञ्चालन गर्नेहरूले नगरेको फलस्वरूप पहाडका हाम्रा वेरोजगार युवाहरू नोकरी पाउनबाट त वञ्चित भएका छन् अनि ती पर्यटकीय स्थलहरूबाट उठ्ने राजस्व पनि उठ्ने नसकेकोले पहाडले धेरै नोक्सानी खप्नु परेको पनि आरोप लगाएका छन्। उनले आफू सत्तामा रहँदा पहाडमा धेरै विकासका कार्यहरू गरेको दावी गर्दै तर ती स्थानहरूलाई वर्तमान जीटीए सञ्चालकहरूले उस्तो ध्यान नै नदिएको बताए। पहाडमा रोजगारको सुविधाबाट युवाहरू वञ्चित रहेको उल्लेख गर्दै गुरूङले विभिन्न माध्यमहरूबाट पहाडमा रोजगार उपलब्ध गराउनुपर्ने बताए। उनले यसपल्ट केन्द्र सरकारबाट दार्जीलिङ पहाडले धेरै राम्रो कुरा पाउने बताउँदै देशको गृहमन्त्री समेत दार्जीलिङ पहाडवासीको निम्ति उनी चिन्तित रहेको तथा तिनलाई गृहमन्त्रीले समेत ठूलो भरोषा दिएको अवगत गराए। दार्जीलिङ पहाड, तराई अनि डुवर्सवासीको हितको निम्ति उनीहरूलाई आफ्नो अधिकार दिलाउन दार्जीलिङका सासंद राजु विष्टले पनि धेरै कार्य गरिरहेको जनाउँदै यसपल्ट भने सबैको सहयोग र सहभागिताले गर्दा चाँडै नै पहाडले एउटा राम्रो सुविधा प्राप्त गर्ने सङ्केत दिए। गुरूङले भने-हामीले सबै कुरोलाई राजनीतिक दृष्टिकोणले हेर्नु हुँदैन। तर पहाडमा हाल त्यस्तै भइरहेछ। सबै कुराहरूमा राजनीति रंग दिइन्छ। यो राम्रो होइन। मैले आफू सत्तामा रहँदा पहाडमा धेरै विकासका कार्यहरू गरेको छु। तर हाल त्यसलाई संरक्षण र सम्वर्द्धन गर्न वर्तमान जीटीए सरकार चुकेको छ। तिनले वर्तमान चिया बगान अनि त्यहाँका श्रमिकहरूको अवस्थाप्रति पनि चिन्ता व्यक्त गर्दै यसको निम्ति राज्य सरकार अनि क्षेत्रिय सत्ताधारी पार्टीहरू उस्तो गम्भीर नरहेको आरोप लगाएका छन्। तिनले आफ्नो समयकालमा चियाबारीलाई ताउजी विभागमा समावेश गर्नुपर्छ भने आवाज उठाएको औ यसलाई जीटीएमा पनि समावेश गरिएको अवगत गराउँदै तर यसलाई वर्तमान जीटीए सरकारले अघि नबडाएको जनाए। तिनले चियाबारीमा न्यूनतम रोज लागु हुनुपर्छ भन्ने कुरोमा पनि जोड दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement