पाँचथरको सावा खोलामा एक पुरुषको शव फेला

IMG-20241016-WA0247

पाँचथर (फिदिम): पाँचथरको तुम्वेवा गाउँपालिकास्थित सावा खोलामा एक जना पुरुष मृत अवस्थामा मंगलबार फेला परेका छन्।
तुम्वेवा गाउँपालिका-२ स्थित सावा खोलामा पहिचान नखुलेको अन्दाजी ६० वर्षको पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय रविले जनाएको छ।
प्रहरीका अनुसार खोलाले बगाइ ल्याएर खोला किनारमा घोप्टी परी मृत अवस्थामा पुरुषको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिनालाल साह तेली नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement