खरसाङ: गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष बिमल गुरूङको सहयोगमा खरसाङ खण्ड अन्तर्गत लङ्भ्यु चियाबारीमा दोस्रो चरणको सहयोग वितरण गरिएको छ। गोजमुमो अध्यक्ष बिमल गुरुङको सहयोगमा खाद्य सामाग्रीहरू वितरण कार्य बन्द लङ्भ्यु चियाबारीको प्लेन लाईन र हस्पिटल लाईनमा गरिएको छ। उल्लेखनीय खरसाङको लङ्भ्यु चियाबारीमा मालिकवर्गले केवल १० प्रतिशत मात्र बोनस दिएपछि श्रमिकहरू विगत नौ दिनदेखि लगातार रूपमा अनशनमा बसिरहेका छन्। श्रमिकहरूका अनशनमा गोजमुमो अध्यक्ष बिमल गुरुङ केही दिन अघि पुगेका थिए। उनले आफ्नो तर्फबाट लङ्भ्यु चियाबारीको श्रमिकहरूलाई खाद्यान्न सामाग्रीहरू वितरणमा सहयोग गर्दै आईरहेका छन्। उनले दिएको दोस्रोपल्टको खाद्य सामाग्रीहरू लङ्भ्यु चियाबारीमा वितरण गरिएको छ।