लङ्भ्यु चियाबारीमा श्रमिकहरूको अनशन नवौं दिनमा

IMG-20241016-WA0246

भागोप्रमोको श्रमिक संगठनद्वारा श्रम आयुक्तलाई पत्रचार

खरसाङ: २० प्रतिशत बोनसको मागमा लङ्भ्यू चियाबारीका श्रमिकहरूद्वारा थालिएको क्रमिक अनशनले आज नौ दिन पूरा गरेको छ। आज अनशनकारी श्रमिकहरूसँग भेट गर्न हाम्रो पार्टी अध्यक्ष अजय एड्वार्ड पुगेको जानकारी प्राप्त भएको छ। उनले अनशनकारीहरूलाई खदा लगाइदिए अनि उनी सदैव चिया श्रमिकहरूको साथमा रहने प्रतिश्रुति दिएका छन्। अर्कोतिर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेसन वकर्स युनियन(एचटीडीपीएलयु), लङ्भ्यू शाखाको पक्षबाट श्रमायुक्तलाई एउटा पत्रचार गरिएको जानकारी पाइएको छ। पत्रमा विगत १ अक्टोबर २०२४ मा यस वर्षको बोनस विषय लिएर सरकारद्वारा जारी गरिएको एडभाइजरी अनुरुप प्रत्येक बगानमा सोह्र प्रतिशत बोनस वितरण गर्नुपर्ने थियो तर लङ्भ्यू चियाबगानको मालिक पक्ष‌द्वारा द्वीपक्षिय वार्ता ओपरेटिङ ट्रेड युनियनमाझ नगरी दश प्रतिशत बोनस श्रमिकको खातामा अनि पाँच प्रतिशत बोनस चियावालाको खातामा साथै मेडिकल स्टाफ अनि फ्याक्टरी स्टाफको खातामा पाँच प्रतिशत बोनस हालिदिए अनि फील्ड स्टाफ, चौकीदार, कार्यलय स्टाफलाई आजसम्म बोनस दिइएको छैन, यष विषयमा पहल गर्दा गर्दै गत १५ अक्टोबर २०२४ मा बगान मालिकद्वारा सस्पेशन अफ वर्कको सुचना मालिकले टालिदिइएको छ भन्ने जानकारी गराउँदै झट्ट भन्दा झट्ट यस विषयमा हस्तक्षेप गरेर ल‌ङ्भ्यू चिया बगानको समस्याको समधान गरिदिने निवेदन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement