सुनसरी (धरान): धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आफू विदेश जाने क्रममा वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएको विषयप्रति विभिन्न ६ पार्टीले विरोध गरेका छन्।
धरानमा सक्रिय रहेका नेकपा एकीकृत माले, माओवादी केन्द्र, जसपा नेपाल, नेकपा (एकीकृत समाजवादी पार्टी), रास्वपा र राप्रपाले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै उपप्रमुख स्वतः कार्यवाहक प्रमुख हुने ऐनको व्यवस्था रहेको दाबी गरेका हुन्।