फुलबारीमा आगलागीबाट पसल जलेर खरानी बन्यो

IMG-20241016-WA0188

सिलगढी: सिलगढी संलग्न फुलबारीको पुथिमारीमा रहेको चिया पसलमा गए राति आगलागी हुँदा पसलमा राखिएका सबै सामान जलेर नष्ट भएका छन्। साथै पसलमा रहेको सिलिन्डर पड्किएर यस घरको छाना उडेको छ। यो चिया पसल चलाउने हमिजा खातुनले आफू एउटा सानो चिया पसल चलाउने बताइन्। कहिलेकाहीँ चामल, दाल र सब्जी बनाएर मानिसहरूलाई खुवाउँथिन्। यसरी उनको परिवार बाँचेको थियो।  यस पसलमा तीनवटा सिलिन्डर राखिएको थियो, जसमध्ये एउटा विष्फोट हुँदा घरको छाना उडेको उनले बताइन्।

यस पसलमा राखिएका करिब १६ वटा कुर्सी, साइकल, चामल, दाललगायत सबै सामान जलेर नष्ट भएको छ।  राति करिब साढे १२ बजे आगो लागेको जानकारी आफूले पाएपछि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको तर आगो नियन्त्रणमा आउँदासम्म सबै सामान जलेको उनले बताइन्। भाडामा पसल चलाउने गरेको, आफ्नो घर शान्तिपारा क्षेत्रमा रहेको र राति पसल बन्द गरेर घर गएको उनले बताइन्। यो आगलागीका कारण उनीहरुलाई धेरै नोक्सान भएको छ। उनले सर्ट सर्किटका कारण आगलागी भएको हुनसक्ने बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement