चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

IMG-20241016-WA0178-copy

 सिलगढी: यस महिनाको ७ तारिख सिलगढी मेट्रोपोलिटन पुलिसको मतिगढा थाना क्षेत्रमा रहेको एक घरबाट मोटरसाइकल चोरी भएको थियो। मोटरसाइकल मालिकले १० तारिख मतिगढा पुलिस चौकीमा लिखित उजुरी दिएका थिए। उजुरी पाएलगत्तै मतिगढा पुलिस चौकीको अपराध नियन्त्रण शाखाले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा मतिगढा पुलिस चौकीको अपराध नियन्त्रण शाखाले विभिन्न सीसीटीभी क्यामेराको फुटेज जाँच गरेको थियो। फुटेजको अनुसन्धानका क्रममा मोटरसाइकल चोरीको घटनाको फुटेज फेला परेको थियो।

त्यसपछि मतिगढा पुलिस चौकीले विभिन्न श्रोतको सहयोग लिएर अपराधीको पहिचान गर्ने प्रयास गरेपछि पुलिसले अपराधीको नाम सुमन्त विश्वास रहेको थाहा पाएको थियो। त्यसपछि मतिगढा पुलिस थानाको अपराध नियन्त्रण शाखाको पुलिसले उनलाई निगरानी गर्न थाल्यो। मंगलबार राति सफलता हात परेको हो। आरोपी सुमन्त विश्वास मंगलबार राति चोरीको मोटरसाइकल लिएर माटिगरा पुलिस चौकी इलाकाको सिटी सेन्टरमा आएक बताइएको छ। गोप्य स्रोतबाट सूचना पाएलगत्तै मतिगढा पुलिस चौकीको अपराध नियन्त्रण शाखाको पुलिसले नगरको केन्द्रमा छापा मारेको थियो। चोरीको मोटरसाइकलसहित सुमन्त विश्वास पक्राउ परेका छन्। आरोपीलाई बुधबार सिलगढी अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement