चोरीका गरगहनासहित चोर पक्राउ

IMG-20241016-WA0161

 जलपाईगढी: चोरीको घटनाको अनुसन्धान गर्दा जलपाईगढी कोतवाली थानाको पुलिसले चोरलाई चोरीको सामान सहित पक्राउ गरेको छ। आरोपी चोरको नाम तोतन सरकार उर्फ ​​टोटो बताइएको छ। उनलाई पक्राउ गरेपछि पुलिसले सोधपुछ गर्दै लाखौं रुपियाँको सुनका गरगहना बरामद गरेको थियो।

कोतवाली पुलिस चौकीका अनुसन्धान अधिकृत रेजाउल करीमको नेतृत्वमा सुनका गहना बरामद भएको हो। जलपाईगढीमा अष्टमीको रातमा पूजाको क्रममा यो चोरी भएको थियो। चोरहरूले घरको ढोका र कपाट तोडेर लाखौं रुपैयाँ बराबरको सुनका गरगहना र नगदसहित फरार भए। यो सनसनीपूर्ण घटना जलपाईगढी शहरको वार्ड नम्बर १८ को मोहनतापाडा क्षेत्रमा भएको हो। घटनाको समयमा घरमा कोही थिएनन्। त्यही मौकाको फाइदा उठाउँदै चोरले लाखौं रुपियाँको सुनका गरगहना र पाँच हजार रुपियाँ नगद लिएर फरार भएका छन्। घरधनी कृष्णबासु ठाकुरले आफू बिहानैदेखि घरमा नभएको बताए। साँझ घर आएपछि ढोका खुलेको पाए। घर भित्रका सबै सामान छरिएका थिए। सुनका गरगहना र नगद हराएका थिए। परिवारका सदस्यलाई जानकारी दिएपछि उनीहरुको सहयोगमा कोतवाली पुलिस चौकीमा लिखित उजुरी परेको थियो। उनले अन्ततः सबै गहना बरामद भएकोमा खुशी व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement