यो भिडियो ट्विटरमा अहिलेसम्म २३ लाखभन्दा बढी पटक हेरिएको छ। पोष्टमा मानिसहरूले जोडीको मजाक उडाउँदै आलोचना गरिरहेका देखिन्छन्। एक प्रयोगकर्ताले लेखेका छन्, ‘उनका आमाबाबुले उनीमाथि गर्व गर्नेछन्l’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘फिल्डमा भन्दा स्ट्यान्डमा बढी कार्य भइरहेको छl’ अहिले पुलिसले पनि यस विषयमा कारबाही थालेको छ। ओकल्यान्ड पुलिस विभागका प्रवक्ताले यस विषयमा अनुसन्धान शुरु गरिएको बताएका छन्। प्रवक्ताले भने, ‘ओकल्याण्ड पुलिस विभागलाई खेल सकिएपछि यसबारे जानकारी थिएन। अहिले हामीले अनुसन्धान शुरु गरेका छौँ। उनी छिट्टै पक्राउ पर्न सक्छन्। टीएमजेडको रिपोर्टअनुसार यदि दम्पती दोषी पाइएमा उनीहरुलाई करिब ६ महिना जेल वा १ हजार डलर जरिवाना हुनसक्छ। जोडीले यी दुवै सजाय पनि पाउन सक्छन्।