दुष्कर्मको आरोपहरूलाई खारेज गरे कीलियन एम्बाप्पेले

IMG-20241016-WA0182

पेरिस: फ्रान्सका स्टार फूटबलर कीलियन एम्बाप्पेमाथि दुष्कर्मको आरोप लगाइएको छ। रियल म्याड्रिडका खेलाड़ी एम्बाप्पेमाथि एउटा होटलमा दुष्कर्म गरेको आरोप लगाइएको छ। यस दिग्गज खेलाड़ीले पनि यस मामिलामा मुख खोल्दै उनीमाथि लगाइएको समस्त आरोपहरूलाई खारेज गरेका छन्। यसबीच पुलिसले मामिलाको जाँच शुरु गरेको छ। एम्बाप्पेमाथि दुष्कर्मको आरोपको खुलासा स्वीडेनको एउटा दैनिकले गरेको थियो। मामिला अघि आएपछि एम्बाप्पेले स्वीडिश दैनिकमा प्रकाशित रिपोर्टको निन्दा गरेका छन् अनि यसलाई ढाँट बताएका छन्। दैनिकमा प्रकाशित रिपोर्ट अनुसार, पुलिसले यी आरोपहरूका जाँच शुरु गरेको छ। रिपोर्टअनुसार, त्यस होटलमा एम्बाप्पे र उनका साथी बसेका थिए। एम्बाप्पेले बताएअनुसार, यो सब उनको छवि बिगार्ने प्रयास हुनसक्छ कारण पेरिस सेण्ट जर्मेन (पीएसजी)-सँग वेतनलाई लिएर उनको विवाद चलिरहेको छ। उल्लेखनीय छ, एमम्बाप्पे लामो समयदेखि पीएसजी-को हिस्सा रहेका थिए तर यस सीजनमा चाहिँ उनी फ्रान्सीसी क्लब छोड़ेर रियल म्याड्रिडमा सामेल भएका छन्। उनले भने, यो मेरो छवि बिगार्ने प्रयास मात्र हो। यस षढ़यन्त्रलाई अघि ल्याउन म समस्त कानूनी विकल्प खोज्नेछु। यस्तो गरेर आफूमाथि लागेको दाग मेटाउन सकिनेछ अनि सत्य सबैको अघि आउनेछ। एम्बाप्पेको क्लब रियल म्याड्रिडले पनि यी आरोपहरूलाई खारेज गरेको छ। यसरी एम्बाप्पेको वेतन विवादको आरोपलाई खारेज गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement