बैतडी जाँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु

IMG-20241016-WA0041

कैलाली (धनगढ़ी): महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।
डडेल्धुराकाे अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति ना८ख१०७८ नम्बर बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी इन्स्पेक्टर उपेन्द्र बमले दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका-३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको जानकारी दिए।दुर्घटनामा घाइते भएका १२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement