विराटनगरको नोबेल अस्पताल अव पब्लिक कम्पनी

IMG-20241016-WA0039

मोरंग (बिराटनगर): बिराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ। यसअघि प्राइभेट लिमिटेड रहेको कलेज नयाँ संरचनासहित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेड बनेको हो।
नोबेलसहित चिकित्साा शिक्षा अध्यापन गराउने ६ वटा कलेजको नाम परिवर्तन भएको चिकित्सा शिक्षा आयोगले जनाएको छ। जसमा होप इन्टरनेसनल कलेजको नाम परिवर्तन गरी होप इन्टरनेसनल कलेज एण्ड हस्पिटल प्रालि, कर्णाली कलेज आफ हेल्थ साइन्स प्रालिबाट काठमांडू मल्टिपल कलेज प्रालि, नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनको नर्भिक कलेज अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी कायम गरिएको छ।
श्री मेडिकल एण्ड टेक्निकल कलेजको नाम परिवर्तन गरी श्री कलेज अफ टेक्नोलोजी प्रालि, सान इन्स्टिच्युट अफ नर्सि प्रालिको नाम शुभेच्छा इन्टरनेसनल हस्पिटल प्रालि बनाइएको छ। परिवर्तित नामहरू कम्पनी रजिष्ट्रारको कार्यालय र विश्वविद्यालयबाट समेत स्वीकृत भइसकेको आयोगले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement