हकी: इण्डिया महिला लीगमा डिफेण्डर उदिता दुहान सबैभन्दा महँगो खेलाड़ी

IMG-20241016-WA0169

नयाँ दिल्ली: भारतीय डिफेण्डर उदिता दुहान हकी इण्डिया महिला लीगकी सबैभन्दा महँदो खेलाड़ी रहिन्, जसलाई श्राची रार बंगाल टाइगर्सले लिलामीमा ३२ लाख रुपियाँमा किन्यो। यसरी नीदरल्याण्डकी ड्र्याग फ्लिकर यिब्बी यानसेनलाई ओडिशा वरियर्सले २९ लाख रुपियाँमा किन्यो। भारतकी लालेरम्सियामी (बंगाल टाइगर्स, २५ लाख), सुनेलिटा टोप्पो (दिल्ली एसजी पाइपर्स, २४ लाख) र संगीता कुमारी (दिल्ली एसजी पाइपर्स, २२ लाख)-ले पनि असल बोली हासिल गरिन्। विदेशी खेलाड़ीहरूमा बेल्जियमकी चार्लोट एञ्जेलबर्ट (सूरमा हकी क्लब, १६ लाख), जर्मनीकी चार्लोट स्टापेनहोर्स्ट (सूरमा हकी क्लब, १६ लाख) र अष्ट्रेलियाकी जेसलिन बार्टरम (ओडिशा वरियर्स, १५ लाख)-लाई पनि मोटो रकम हासिल भयो। अनुभवी स्ट्राईकर वन्दना कटारियालाई बंगाल टाइगर्सले १०.५ लाख रुपियाँमा किन्यो। भारतीय कप्तान सलीमा टेटे (२० लाख), इशिका चौधरी (१६ लाख) र नेहा गोयल (१० लाख)-लाई ओडिशा वरियर्सले खरीद गऱ्यो। पूर्व कप्तान सविता पूनिया (२० लाख), शर्मिला देवी (१० लाख) र निक्की प्रधान (१२ लाख)-लाई सूरमा हकी क्लबले किन्यो। यसरी दिल्ली एसजी पाइपर्सले अन्तर्राष्ट्रिय खेलाड़ी नवनीत कौर (१९ लाख), युवा गोलकीपर बिछू देवी खारीबम (१६ लाख) र दीपिका (२० लाख)-लाई खरीद गऱ्यो।
भारतीय सीनियर महिला अनि जूनियर टीमहरूकी बिक्री नहुने खेलाड़ीहरूकी आधार मूल्य घटाएर २ लाख गर्ने अनुरोधलाई मञ्जुरी प्राप्त भएपछि माधुरी किण्डो (ओडिशा वरियर्स, ३.४० लाख), ज्योति छेत्री (ओडिशा वरियर्स, ५ लाख), दीपिका सोरेंग (सूरमा हकी क्लब, २.२० लाख) र रुतुजा दादासो पिसल (ओडिशा वरियर्स, ४.९० लाख) जस्ता खेलाड़ीहरूलाई टीमहरूले आफूसँग जोड़्यो। महिला लीगको प्रत्येक फ्रेञ्चाइजीसँग २४ जना गरेर खेलाड़ी रहनेछ, जसमा १६ जना भारतीय र ८ जना विदेशी रहनेछन्। प्रत्येक टीमसँग खेलाड़ीहरू खरीद गर्न २ करोड़ रुपियाँको राशि थियो। खेलाड़ीहरूलाई तीनवटा मूल्य वर्ग-१० लाख, ५ लाख र २ लाख रुपियाँमा वर्गीकृत गरिएको थियो। एचआईएल २०२४-२५ सीजनको शुरुवात २८ दिसम्बरदेखि हुनेछ अनि आउँदो साल एक फरवरीसम्म चल्नेछ। म्याचहरू राउरकेला (पुरुषहरूका निम्ति) र राँची (महिलाहरूकी निम्ति)-मा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement