टेस्ट पदार्पणमै शतक बनाएर पाकिस्तानलाई बचाए कामरान गुलामले

IMG-20241015-WA0255

मुल्तान: पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-को चयन समितिले ईंग्ल्याण्डविरुद्ध टेस्ट सीरीजको रहल दुईवटा म्याचको निम्ति आफ्नो टेस्ट टीममा केही युवा खेलाड़ीहरूलाई मौका दिएर खराब फर्ममा रहने बाबर आजम, शाहीन शाह अफरीदी, नसीम शाह र सरफराज अहमदको छुट्टी गरेको थियो। ती युवा खेलाड़ीहरूमै एकजना कामरान गुलामले आफ्नो पदार्पण टेस्टमै शतक बनाएर क्षमता देखाए। ईंग्ल्याण्डविरुद्ध दोस्रो टेस्ट म्याचको पहिलो दिन गुलामले पाकिस्तानको पहिलो ईनिंग्समा २२४ बल खेलेर ११८ रन बनाए। उनले शतक बनाएपछि सोशल मीडियामा क्रिकेटप्रेमीहरूले पाकिस्तानी क्रिकेटमा किंग-को नामले चिनिने बाबर आजमको सिंहासन हल्लाउन गुलाम आएको चर्चा शुरु गरे। गुलामको शतकले गर्दा नै पाकिस्तानले पहिलो दिनको खेलमा ५ विकेटमा २५९ रन बनायो। कामरान गुलाम यसअघि पनि राष्ट्रिय टीममा कनकशन सब्स्टीट्यूडको रूपमा देखा परेका थिए। साल २०२३-मा बाबरको कप्तानीमा पाकिस्तानले वनडे सीरीज खेलिरहेको थियो। त्यस समय कामरानलाई हारिस सोहेलको स्थानमा कनकशन सब्स्टीट्यूड राखिएको थियो। त्यस कारणले गर्दा उनले ब्याटिंग या बलिंग गर्ने मौका पाएका थिएनन्। त्यसपछि उनी राष्ट्रिय टीममा स्थान बनाउन विफल रहेका थिए। यसपाली मौका पाएपछि उनले त्यसको फाइदा उठाउनमा कुनै गल्ती गरेनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement