गान्तोक: आरिथाङ समष्टिका जनताले आज क्षेत्र विधायक तथा विधानसभा अध्यक्ष अरुण उप्रेतीलाई विधानसभा अध्यक्ष पदमा निर्वाचित भएकोमा बधाई दिँदै क्षेत्रमा भव्यताको साथ स्वागत गरे। देउरालीस्थित सामुदायिक हलमा बधाई एवं शुभकामना व्यक्त गर्न एउटा कार्यक्रम आयोजन गरिएको थियो। यस कार्यक्रममा गान्तोक नगर निगमका मेयर निलबहादुर छेत्री, खादी बोर्डकी अध्यक्ष छुङछुङ भोटिया, सीएलसी अध्यक्ष टेम्पो राप्गे भोटिया, नगर पार्षदगण, एसकेएम पार्टीका वरिष्ठ नेतृत्वगण लगायत क्षेत्रका जनताको उपस्थिति रहेको थियो। विधायक अरुण उप्रेतीलाई विधानसभा अध्यक्ष जस्तो गरिमामय पदमा आसीन गराएकोमा खुशी प्रकट गर्दै क्षेत्रका जनताले सम्माननीय मुख्यमन्त्रीप्रति आभार व्यक्त गरे। आफ्नो सम्बोधनको क्रममा विधायक अरुण उप्रेतीले विभिन्न प्रकारको अङ्गवाह ङ्गैलिरहेकोले त्यसपट्टि ध्यान नदिन जनतालाई अपील गरे। मन्त्री पदबाट राजीनामा दिएपछि अब क्षेत्रको विकासीय काममा बाधा हुन्छ भन्ने हल्ला ङ्गैलिरहेको जनाउँदै त्यो सबै अचाहिँहयदो हल्ला मात्रै रहेको तर अब अझ बढ़ी ऊर्जाको साथमा क्षेत्रका जनताको र क्षेत्रको विकासको काम गर्ने उनले प्रतिबद्धता जाहेर गरे। आरिथाङका जनताको माया र स्नेहले नै आङ्गू विधानसभा अध्यक्षको पदमा पुगेको बताउँदै अरुण उप्रेतीले जनतालाई धन्यवाद दिए भने सम्माननीय मुख्यमन्त्रीप्रति पनि आभार व्यक्त गरे। मैले मन्त्री पद छोड़ेर ठूलो त्याग गरेको भन्ने भनाइ छ तर सम्माननीय पार्टी अध्यक्षले गरेको त्याग, तपस्या र दु:खको अघि मैले मन्त्री पद छोड्नु कुनै ठूलो त्याग होइन, उनले भने। कुनै पार्टीको निम्ति काम गर्ने कार्यकर्ता भइसकेपछि युद्धमा होमिएको सेना जस्तो प्रतिबद्ध भएर काम गर्नुपर्ने उनले सुझाउ दिए। आरिथाङ क्षेत्रको विकास बारे बोल्दै विधायक उप्रेतीले भविष्यमा आरिथाङ क्षेत्रका जनताले सरकारसँग कुनै माग राख्नु नपर्ने गरी सबै काम गर्ने वचन व्यक्त गरे। कार्यक्रमलाई खादि बोर्डकी अध्यक्ष छुङछुङ भोटिया, नगर पार्षद गण लगायत अन्यले पनि सम्बोधन गरेका थिए।