नयाँ दिल्ली: भारतसँग सबै प्रारूपमा विकेटकीपिंगको धेरै विकल्प रहेको छ। विकेटकीपिंग विभागमा रिषभ पन्त टीमको पहिलो रोजाई हुन्। उनीपछि टेस्टमा ध्रुव जुरेल रहेका छन्। यसरी वनडेमा केएल राहुल र सञ्जु सेमसनको लड़ाइँ पन्तसँग रहेको छ। यसरी टी२० इण्टरनेशनलमा पन्त र सेमसनलाई चुनौती दिन जितेश शर्मा रहेका छन्। यसबीच चयनकर्ताहरूले पन्तलाई विश्राम दिएर बंग्लादेशविरुद्ध टी२० सीरीजको निम्ति सेमसनलाई प्राथमिकता दिए। सीरीजको पहिलो दुईवटा म्याचमा छाप छोड़न नसके पनि सेमसनले तेस्रो तथा अन्तिम टी२० म्याचमा शतकको साथ टीममा आफ्नो स्थान पक्का गरे। बंग्लादेशविरुद्ध सीरीजको समाप्तिपछि सेमसनले
टीममा उनको स्थान लिन एकाधिक विकल्प रहेको हुनाले सामान्य दबाउमा रहेको कुरा स्वीकार गरे। सेमसनले भने, हाम्रो काम मौकाको प्रतीक्षा गर्नु अनि प्लेईंग इलेवेनमा चयन भएपछि आफ्नो सर्वश्रेष्ठ दिनु हो। दबाउ सदा रहन्छ तर विकेटकीपिंग स्लटको कुरा आउँदा हामी स्वस्थ्य प्रतिस्पर्धाममा विश्वास गर्छौं। रिषभ पन्त, ध्रुव जुरेल र जितेश शर्माले मलाई लामो समयदेखि चिन्छन् अनि मैले उनीहरूसँग धेरै क्रिकेट खेलिसकेको छु। हामी एकार्कालाई प्रतिस्पर्धीको रूपमा हेर्दैनौ अनि हामी एकार्काको सफलताको आनन्द लिन्छौं। अन्तमा हामी सबै आफ्नो देशको निम्ति खेलिरहेका छौं। यसैकारण जसले मौका पाए पनि जीतमा योगदान दिन चाहन्छौं। हैदराबादमा आफ्नो शतकबारे सेमसनले भने, म फर्म हासिल गर्न राजस्थान रोयल्सको एकाडेमीमा गएको थिएँ। त्यहाँ नयाँ बलको साथ पर्याप्त अभ्यास गरेको थिएँ। म यस सीरीजको निम्ति अन्य सीरीजहरूको तुलनामा १० प्रतिशत अधिक तयारीको साथ आएको थिएँ। म आफ्नो खेललाई राम्ररी बुझ्छु अनि ब्याटिंग अर्डरमा ओपनिंग गर्नदेखि छैटौं नम्बरसम्म खेल्न सक्छु। यसैकारण म रन बनाउने विषयमा सदा आत्मविश्वासी रहन्छु।










