भारतले ३१ प्रीडेटर ड्रोन किन्ने

india-and-us-poised-to-seal-3-1-billion-mq-9b-predator-drone-deal-before-october-end

नयाँ दिल्ली: भारत र अमेरिकाले मंगलवार ३१ प्रीडेटर ड्रोन किन्नका लागि ३२ हजार करोड़ रूपियाँको डीलमा हस्ताक्षर गऱे। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षता रहेको सुरक्षा मामिलाहरूको मन्त्रीमण्डलीय समिति (सीसीएस) ले गत हप्ता अमेरिकाबाट ३१ प्रीडेटर ड्रोन किन्ने डीललाई स्वीकृति दिएको थियो।
यी ड्रोनहरूको देखरेख, मरम्मती र ओवरहालको निम्ति देशमै एमआरओ स्थापित गरिनेछ। भारतीय नौसेनालाई ३१ मध्ये १५ ड्रोन जबकि सेना र वायु सेनाले ८-८ ड्रोन पाउनेछ, जसको शान्तिकालीन निगरानीमा गेम चेञ्जर प्रणामित हुने अनुमान छ। वस्तुतः चीनको साथ वास्तविक नियन्त्रण रेखा (एलएसी) का संवेदनशील क्षेत्रहरूमा आफ्नो बलियो उपस्थिति दर्ता गराउन र निगरानीलाई बढ़ाउनका लागि सेना, नौसेना र वायु सेनाले एमक्यू-९बी सशस्त्र ड्रोनको आवश्यकता व्यक्त गरेको थियो। खासगरी हिन्द महासागर क्षेत्रमा नौसेनाले आफ्नो उपस्थिति बढ़ाउन चाहन्छ। यो ड्रोन आएपछि हिन्द महासागरमा चीन विरूद्ध घेराबन्दी अझ् बलियो हुनेछ। यही क्रममा प्रीडेटर ड्रोन डीललाई १५ जून २०२३ मा रक्षा अधिग्रहण परिषद (डीएसी) बाट स्वीकृति प्राप्त भएको थियो। यसपछि गत हप्ता १० अक्टोबरमा सीसीएसले पनि अनुमति दियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement