गान्तोक:: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले आज भारतको निर्वाचन आयोगद्वारा उपचुनाउ घोषणा गरेकोमा स्वागत जनाएको छ। सिक्किममा सोरेङ च्याखुङ र नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रमा उपचुनाउ प्रस्तावित छ।
एसकेएमले आज जारी एक प्रेस विज्ञप्तिमा सिक्किममा आगामी १३ नोभेम्बरका दिन मतदान हुने र २३ नोभेम्बरका दिन मतगणना हुने जानकारी गराएको छ। यसैगरी, आगामी १८ अक्टोबरका दिन उपचुनाउ सम्बन्धी अधिसूचना जारी हुनेछ भने २५ अक्टोबरसम्म नामाङ्कन बुझाउनु पर्नेछ। यसै क्रममा २८ अक्टोबरमा नामाङ्कन जॉंच हुने र ३० अक्टोबरसम्म नामाङ्कन फिर्ता लिनुपर्ने जानकारी विज्ञप्तिमा दिएको छ।एसकेएमले उपचुनाउ घोषणाको स्वागत जनाउॅंदै पार्टी निर्वाचन आयोगको आचार संहिता अनुरूप चुनाउमा भाग लिन प्रतिबद्ध रहेको जनाएको छ। एसकेएमले दुईवटै निर्वाचन क्षेत्रमा पूर्ण बहुमतको साथमा चुनाउ जित्ने विश्वास व्यक्त गरेको छ। एसकेएमले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किममा सबै क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ भन्दै आगामी उपचुनाउ पनि हालैमा सम्पन्न भएको विधानसभा चुनाउ सरह अर्को माइलखुट्टी साबित हुने विश्वास व्यक्त गरेको छ।










