गुवाहाटी: चुनाउ आयोगले मंगलवार महाराष्ट्र र झारखण्डका साथै १४ राज्यको ४८ विधानसभा र २ लोकसभा सीटमाथि उपचुनाउको तारिकहरू घोषणा गरेको छ। यसमा असम राज्यको पॉंच विधानसभा सीटमा उपचुनाउ पनि सामेल छन्।
यी पॉंच सीटमा १३ नोभेम्बरमा मतदान हुनेछ। यसमा सामागुडी, धलाई, बंगाईगाउॅं, बिहाली र सिडली विधानसभा क्षेत्र सामेल छन्।
उक्त पॉंच सीट लोकसभा चुनाउपछि रिक्त थियो। सामागुडी निर्वाचन क्षेत्रका विधायक रकीबुल हुसैनले धुबडी निर्वाचन क्षेत्रबाट लोकसभा चुनाउ लडेका थिए र चुनाउ जितेपछि सामागुडी सीट रिक्त थियो। धलाई विधानसभाबाट विधायक परिमल सुखाबैद्यले सिलचर संसदीय क्षेत्रबाट चुनाउ जितेपछि यो सीट पनि खाली थियो।
बंगाईगाउॅं विधानसभा क्षेत्रका विधायक फनी भूषण चौधरीले बरपेटा संसदीय क्षेत्रबाट चुनाउ जितेका थिए। यसरी नै शोणितपुर लोकसभा सीटबाट बिहाली विधानसभाका विधायक रंजीत दत्ता विजयी बनेका थिए। यसै क्रममा कोकराझार संसदीय सीटबाट सिडली विधायक जयन्त बसुमतारी विजयी बनेपछि उक्त सीट पनि खाली थियो।










