धर्मशाला खाली गर्न गएको महानगरको टोली रित्तो हात फर्कियो

IMG-20241015-WA0237

काठमांडू: पशुपतिनाथको स्वामित्वको धर्मशाला खाली गराउन गएको काठमांडू महानगर प्रहरीको टोली आज पनि रित्तो हात फर्किएको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा दिन नमानेपछि नगर प्रहरीको प्रयास असफल भएको हो।
महानगरले पशुपति गौशाला धर्मशाला खाली गराउन जानुअघि प्रहरी/प्रशासनको सहयोग खोजेको थियो। सुरक्षा उपलब्ध गराउन आग्रह गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पठाएको पत्रमा काठमांडूका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सकारात्मक भएनन्। उनले आपसी छलफलबाट विवाद मिलाउन आग्रह गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement