जलपाईगुडी: लक्ष्मीपूजाअघि तरकारीको भाउ आकासिएको छ। आलुदेखि प्याज, काउली, खुर्सानीलगायतका तरकारीको मूल्य आकाशिएको हुँदा तरकारी किन्न आउने ग्राहकले अहिले ती सबै तरकारी किन्ने सोच्नुपर्ने बाध्यता छ।
मंगलबार सिमी प्रतिकिलो ८० रुपियाँ, काउली ८०–१०० रुपियाँ, टमाटर १२० रुपियाँ प्रतिकिलो, काँक्रो ८० रुपियाँ, बैंगन ८० रुपियाँ, गाजर १२० रुपियाँ प्रतिकिलो मूल्यमा परेको थियो। मङ्गलबार जलपाईगुडी बजारमा आलु प्रतिकिलो ६० रुपियाँ, प्याज ७० रुपियाँ, अदुवा २ सय रुपियाँ, लसुन ३ सय रुपियाँ, पटवाल प्रतिकिलो ७० रुपियाँमा बिक्री भइरहेको छ। तरकारी किन्न बजारमा आएका महिला तरकारीको भाउ बढेपछि हैरान देखिएका छन्। कुनै समय दुई सयमा धेरै तरकारी किन्न पाइन्थ्यो तर अहिले ५ सय रुपियाँ कहाँ गयो थाहा नभएको उनी बताउँछन्। तरकारीको यस्तो मूल्यवृद्धिबारे एक वृद्धाले यस्तो मुद्रास्फीति कहिल्यै नदेखेको बताइन्। तरकारी बेच्ने दुई पसलले क्रमश २० वर्षदेखि तरकारी बिक्री गर्दै आएको तर पहिलोपटक यस्तो मुद्रास्फीति देखिएको बताए। त्यसैले धेरै तरकारी बजारमा आएमा मूल्य स्वतः घट्ने उनले सरकारसँग माग गरेका छन्।










