सिलीगुड़ी: डाक्टरहरूको हड़तालको कारणले उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल (एनबीएमसीएच) परिसरमा मंगलवार बिहानदेखिकै रोगीहरूको भीड़ छ। रोगीहरू विभिन्न क्षेत्रबाट आफ्नो उपचार गराउन यहाँ आएका छन्।
तर कतिपय विभागहरूमा डाक्टर नभएको कारणले रोगी तथा उनीहरूका परिवारले व्यापक कोकोहोलो मच्चाए। यसैबीच रोगीका परिवारहरूले सुरक्षा गार्डहरूलमाथि कुटपिट गरेको आरोप पनि लागेको छ। वास्तवमा आर.जी. कर घटनाको कारणले राज्यको स्वास्थ्य सेवा पूर्ण रूपमा प्रभावित भएको छ। एनबीएमसीएचको पनि अवस्था त्यस्तै छ।

बिहानदेखिकै एनबीएमसीएचमा कैयौं रोगीहरू र रोगीका परिवारहरू उपचारको निम्ति आइरहेका छन्। विशेष गरेर न्यूरो र मनोविज्ञान विभागमा रोगीहरूको भीड़ अधिक थियो। विभागमा जाँदा पनि डाक्टरहरू उपलब्ध नभएको कारणले रोगीका परिवारहरू आक्रोशित भए अनि उनीहरूले सुपरको घरको फर्नीचर भत्काइदिए। सुरक्षा गार्डले उनीहरूलाई रोक्ने प्रयास गर्दै इस्लामपुरका एकजना रोगीले उसलाई कुट्यो। घटनाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले स्थितिलाई नियन्त्रण गऱ्यो। यस अवधि पुलिसले दुई महिला सहित तीनजनालाई हिरासतमा लिए।








