असम: १५ किलो गाँजासितै तस्कर पक्राउ

pratidintime_2024-10-15_4n16l2zd_WEB-PT-5

कामरूप: हाजो पुलिसले एक अभियान अन्तर्गत भारी मात्रामा गाँजा जफ्त गरेको छ। पुलिसले आज बताए अनुसार नवजीत नाथको नेतृत्वमा पुलिसको एक टीमले हीरक ज्योति भरालीको हाजोको बागटा (गरैइमारी)- स्थित आवासमा छापा माऱ्यो।
यस छापामारी अभियानमामा भारी मात्रामा गाँजा जफ्त गरियो। यस सिलसिलामा हीरक ज्योति भण्डारी नामक व्यक्तिलाई पक्राउ गरियो। पुलिसले आरोपी सहित १५ किलोग्राम संदिग्ध गाँजा, एउटा मोबाइल फोन अनि एउटा स्कुटी (एएस-२५वी-१९१३) जफ्त गरेको छ जसको बजार मूल्य डेढ़ लाख रुपियाँभन्दा अधिक रहेको बताइएको छ। हाजो पुलिसले उक्त गाँजा तस्करसित जाँचबुझ गरिरहेको छ।

About Author

Advertisement